‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक
काठमाडाैं | असार २२, २०८१
काठमाडौं: अनिल बुढा मगरको डेब्यू निर्देशन रहेको फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अभिनय रहेको छ ।
गीतमा हर्क साउदको शब्द तथा मनोज थापा मगरको संगीत तथा स्वर छ । यही गीतको रिदममा फिल्मको ब्याग्राउण्ड म्युजिक तयार गरिएको छ ।
जिएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
जनक घर्ती मगरको निर्माण रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरको अभिनय छ । फिल्म असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुन लागेको छ ।
एमएसएमले अस्ट्रेलियाले विदेश प्रदर्शन अधिकार लिएको फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

